सुबिसुको ‘दक्षिणा अफर’,  इन्टरनेट छ साथमा दक्षिणा छ हातमा


काठमाडौं नेपालको सुचनातथा संचार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट लि=ले यस महान चाड बडा दशैंको उपलक्ष्यमा ग्राहकहरु माझ सुबिसु दक्षिणा अफर लिएर आएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले ५० एमबीपीएस इन्टरनेटको वार्षिक सेवा मात्र रु १३९९९ मै पाउन सकिने जनाइएको छ । अन्य जडान शुल्क र कर पनि सोही रकममै समावेश भएको हुँदा ग्राहकहरुले थोरै शुल्कमै धेरै लाभप्राप्त गर्न सकिने पनि जनाइएको छ ।

यसका साथ साथै ग्राहकहरुले वार्षिक सेवाको भुक्तानी इसेवामार्फत गर्दा थप एक हजार क्यासब्याक प्राप्त गर्नेछन् । यसका लागि ग्राहकहरुले भुक्तानी गर्दा प्रोमो कोड उपहार प्रयोग गर्नुपर्ने छ ।

चाडबाडलाई लक्षित गरि र गुणस्तरीय सेवा सहुलियत दाममा प्रदान गर्ने उद्धेश्यका साथ यो अफर ल्याइएको हो । अफर सिमित अवधिका लागि लागु भइ शर्त तथा नियमहरु लागु हुनेछ ।

 

प्रतिक्रिया