रुपन्देहीमा खुकुरी प्रहार गरि एक जनाको हत्या, एक घाइते


बुटवल । – रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ । अर्का एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा नवलपरासी पश्चिमको सुस्ता-३ का अवधेश चमार रहेका छन् । रुपन्देही जिल्लाको शुद्धोधन – ३ बेतानीस्थित प्लाई उद्योगमा काम गर्ने भारतीय मजदुर रवि सिंहको खुकुरी प्रहारबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए ।

आइतबार राति मादक पदार्थ सेवन गरेपछि मजदुरबीच विवाद भएको र त्यसपछि खुकुरी प्रहार गर्दा गम्भिर घाइते भएका चमारको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । एउटै उद्योगमा काम गर्ने अवधेश चमार र रवि सिंहविच मधिराको सुरमा विवाद भएको र रवि सिंहले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

रविले अवधेशलाई खुकुरी हानेपछि उनका बुवा गोपिचन्दलाई समेत प्रहार गरेका थिए । गोपिचन्दको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । सिंहलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।

प्रतिक्रिया