छिमेकीकाे कुटाइबाट २७ वर्षीय युवकको हत्या


बैतडी – बैतडीको जिल्लाको डिलासैनी गाउँपालिका-७ मनकुडाका २७ वर्षीय श्यामबहादुर ऐरको हत्या भएको छ ।श्यामको कोदालो प्रहारबाट मृत्युु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

शुक्रवार दिउँसो १ बजे खानेपानीको विवाद हुँदा सोही गाउँका २९ वर्षीय वीरेन्द्रसिंह ऐरले कोदालोले छातीमा हिर्काएर श्यामको हत्या गरेका हुन् । वीरेन्द्रलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया