एमाले विधान महाधिवेशनः १२ बजे अध्यक्ष ओलीले उद्घाटन गर्ने, यस्तो छ कार्यसूची


ललितपुर – नेपाल कम्युनिस्ट पार्टी (एमाले) को पहिलो विधान महाधिवेशन आज (शुक्रबार) बाट सुरु हुँदैछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको गोदावरीस्थित सनराइज हलमा मध्यान्ह १२ बजे विधान महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

उद्घाटन सत्रपछि बन्द सत्रमा केन्द्रीय कमिटीका तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जनाए ।

त्यस्तै महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन्। विधान महाधिवेशनमा ७७ जिल्ला, जनसंगठन, प्रवाससहितका प्रतिनिधि सहभागी हुने उनले बताए ।

केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य, केन्द्रीय निकायका पदाधिकारी र सदस्य, प्रदेश कमिटीका सबै सदस्य, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका संघ र प्रदेशका सांसद, पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुखको सहभागिता रहने छन् ।

यस्तै जनसंगठन, पेसागत संगठनहरूबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका संघ–संगठनहरूबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधानबमोजिम मनोनीत सदस्य सहभागी हुनेछन् ।

प्रतिक्रिया