पाल्पामा एमालेका दुई महिला सदस्य निर्विरोध


पाल्पा – पाल्पामा एमालेका दुई जना महिला उम्मेदवारहरु वार्ड सदस्यको लागि निर्विरोध भएका छन् ।

पूर्वखोला गाउँपालिकाको वडा नम्बर २ र ५ मा एमालेबाट उम्मेदवारी दिएका दुई महिला सदस्य निर्विरोध भएको निर्वाचन कार्यालयले जनाएको छ ।

उक्त गाउँपालिका वडा नम्बर २ मा महिला सदस्यका लागि नेकपा एमालेबाट भिमीसरा आले र वडा नम्बर ५ मा दलित महिला सदस्यमा पार्वती हिताङ्गको मात्रै मनोनयन दर्ता भएपछि आज निर्विरोध घोषणा गरिएको निर्वाचन अधिकृत मधु अर्याल खनालले जानकारी दिए ।

उक्त गाउँपालिकाको अध्यक्षमा ४ जना र उपाध्यक्षमा २ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेको कार्यालय जनाएको छ ।

प्रतिक्रिया