घरदैलो कार्यक्रममा एमाले कार्यकर्ता धादिङको त्रिपुरासुन्दरीमा कुटिए


धादिङ – धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा एमालेका कार्यकर्ता कुटिएका छन्। त्रिपुरा सुन्दरी–१ डाडाँगाउँमा घरदैलो सहभागी भइरहेका एमाले कार्यकर्तामाथि मंगलबार कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका हुन्।

आक्रमणबाट एमाले कार्यकर्ताहरु हरी श्रेष्ठ, रामशरण श्रेष्ठ र लेकबहादुर विक घाइते भएका छन्। जिल्लामा सामान्य उपचारपछि उनीहरुलाई थप उपचारका लागि काठमाडौंस्थित मनमोहन मनमोहन अस्पतालमा लगिएको छ।

आक्रमणमा आफ्ना अरु दश जना कार्यकर्ता घाइते भएको त्रिपुरा सुन्दरी एमालेले जनाएको छ। गठबन्धनबाट वडा अध्यक्षका उम्मेदवार बनेका भीमप्रसाद भट्टको आदेशमा एमाले जुलुसमा घरेलु हतियार प्रयाग भएको एमालेले दाबी गरेको छ। त्रिपुरा सुन्दरीमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरेका छन्।

प्रतिक्रिया