मुख्यमन्त्री कार्यालयबाट कागजात लिएर फर्कियो अख्तियारको टोली


जनकपुर – प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली कागजात लिएर फर्किएको छ । बर्दिबासस्थित अख्तियार कार्यालयमार्फत गएको टोलीले मुख्यमन्त्री कार्यालयमा बुधबार दिउँसो छापा मारेको थियो ।

टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीहरुसँग समेत सोधपुछ गरेको थियो ।

प्रदेश २ सरकारले २०७५ साल मंसिरबाट छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्नेगरी‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरु गरेको थियो । साे कार्यक्रमअन्तर्गत बालिकाहरूलाई साइकल वितरण गरिन्छ । उक्त साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले त्यससम्बन्धी कागजात लिन छापा मारेको हो ।

प्रतिक्रिया