देशभर थप ११५८ जनामा कोरोना पुष्टी, १३१८ संक्रमणमुक्त, १२ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ११५८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएका १४ हजार ३ नमूनामध्ये उक्त संख्यामा कोरोना संक्रमण पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३१८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । यससँगै हालसम्म नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ७ लाख ६३ हजार ७ सय ३४ पुगेका छन् ।

त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ रहेको छ । यससँगै हालसम्म नेपालमा ११ हजार १ सय १५ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेको अवस्थामा १८ हजार ४ सय २२ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया