एमाले केन्द्रीय कमिटीः महाधिवेशनमा पेश गरिने प्रस्तावको टुंगो लगाइँदै

दस्तावेजमाथि पार्टी अध्यक्ष र प्रतिवेदन प्रस्तोताले स्पष्ट पार्ने


काठमाडौं –  नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । शुक्रबारदेखि सुरु भएको बैठकमा शनिबार पार्टीको विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने तीन वटा दस्तावेज माथि छलफल भएको थियो ।

विभिन्न नेताहरुले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि समूहगत छलफल सकिएपछि आइतबार बिहान ११ बजे पुनः बस्ने गरी शनिबारको बैठक सकिएको थियो ।

आइतबारको बैठकमा दस्तावेजमाथि आएका सुझावमाथि पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रतिवेदन प्रस्तोताले प्रष्ट पार्ने बताइएको छ। त्यसपछि अध्यक्ष ओली र सुझाव पेश गर्न बनाइएका १० वटै समूहका समूह नेताबीच छलफल गरेर महाधिवेशनमा पेश गरिने प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी छ ।

शनिबारको बैठकमा दश वटा टोली नेतालगायत केही स्थायी कमिटी सदस्यहरुले विभिन्न बिषयमा सुझाब राखेका थिए ।

प्रतिक्रिया