देशभर थप १३६१ कोरोनामुक्त हुँदा ९५३ जनामा संक्रमण पुष्टी


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ९५३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ५७९ जनाको नमूना परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा १३७१ जना कोरोनाबाट मुक्त भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ५९ हजार ८ सय ७५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८७ पुगेको छ ।

त्यस्तै अहिलेको अवस्थामा देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ७ सय रहेका छन् ।

प्रतिक्रिया