नेकपा एमालेले बोलायो केन्द्रीय कमिटी बैठक


काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ। शुक्रबार बिहान ११ बजेबाट बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाइएको पार्टी सचिव शेरबहादुर तामाङले जनाए ।

बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्ताव छलफल तथा पारित गरिने जनाइएको छ ।

ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने बैठक शनिबारसम्म चल्ने जनाइएको छ ।  एमालेले यही असोज १५ देखि १७ गतेसम्म गोदावरीमा विधान महाधिवेशन गर्दैछ।

प्रतिक्रिया