हुन्डी कारोबारमा संलग्न ज्वेलर्स सञ्चालकसहित २ पक्राउ, साढे ३८ लाख नगद बरामद


वीरगन्ज — जिल्ला प्रहरी कार्यालय पर्साले दुई जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका–६ माइस्थान चोकस्थित केपी ज्वेलर्सका सञ्चालक कन्हैयाप्रसाद सोनार र सोही ज्वेलर्समा कार्यरत दीपककुमार सर्राफलाई साढे ३८ लाख रुपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी बताए ।

हुन्डी कारोबार गरेको सूचना पाएपछि प्रहरीले उक्त ज्वेलर्समा बुधबार छापा हानेको थियो । उनीहरूको साथबाट स्रोत नखुलेको ३८ लाख ५१ हजार रुपैयाँ बरामद भएको प्रहरीले बिहीबार जानकारी दिएको छ ।

ज्वेलर्सबाट अवैैध कारोबार भइरहेको सूचनाका आधारमा छापा मारेको एसपी पाण्डेले बताए । उनीहरूको थप अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया