


देशभर थप १६७७ जनामा कोरोना पुष्टी, २१ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा १६७७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ३४ जनाको कोरोना परिक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टी भएको हो ।
त्यस्तै नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ७२ जना कोरोनामुक्त भएका छन् । यससँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ७ लाख ३१ हजार पुगेको छ ।
त्यस्तैपछिल्लो २४ घन्टामा नेपालमा २१ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ८ सय ७९ पुगेको छ ।
नेपालमा अहिलेको अवस्थामा ३० हजार ३ सय ३ जना सक्रिय संक्रमित रहेका छन् ।

