


कोरोनाकालमा बन्द गरिएका फिल्म हल र मल्टिप्लेक्स भोलीदेखि खुलाउन दिने आदेश

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)का कारण डेढ बर्षदेखि बन्द रहेका सिनेमा हल र मल्टिप्लेक्स भोलीदेखि खुल्ने भएका छन्।
उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडिओ)हरुको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर सिनेमा घरलगायत चलाउन दिने निर्णय गरेको हो।
निषेधाज्ञा हटाउँदै बैठकले स्मार्ट लकडाउनको अवधारणा अन्तर्गत आदेश जारी गरेका छन्।

