
कोरोनाको कहरः डेढ वर्षमा २३ पत्रकारको मृत्यु, हजार धेरैले गुमाए आफन्त
काठमाडौं – कोरोना महामारीका कारण डेढ वर्षमा २३ जना पत्रकारको मृत्यु भएको छ । नेपाल प्रेस इन्टिच्यूटले आयोजना गरेको मिडियामा कोभिडको असरसम्बन्धी राष्ट्रिय कार्यशालामा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोरोनाका कारण २३ जना पत्रकारको मृत्यु भएको जानकारी दिए ।
साथै एक हजार बढिले आफन्त गुमाएका छन् । कोरोनाका कारण केही उद्योग तथा व्यवसाय बन्द भए पनि मिडिया क्षेत्र जसोतसो चलिरहेको उनले बताए । कार्यशालामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले प्रदेश तथा स्थानीय सरकारले मिडिया तथा सञ्चार क्षेत्रका लागि सघाउने काम गरिरहेको बताए ।
इन्स्टिच्यूटका कार्यवाहक अध्यक्ष मन्टेश्वरी राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सातै प्रदेशका नेपाल पत्रकार महासंघका प्रादेशिक अध्यक्षले तयार पारेको अनुसन्धानमूलक कार्यपत्र पनि प्रस्तुत गरिएको थियो ।



कागजपत्र |
