नेकपा एमालेको केन्द्रीय समिति बैठक बस्दै


काठमाडौं – नेकपा एमालेले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी विभाजन भएर नेकपा (एकीकृत समाजवादी) दर्ता भएपछि पहिलो पटक एमाले केन्द्रीय कमिटी बस्न लागेको हो ।

केन्द्रीय समिति बैठक मध्यान्न १२ बजे  तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्न लागेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

बैठकमा पार्टी विभाजनपछिको परिस्थितिको समीक्षा, पार्टीको आगामी रणनीति र दल अदलबदललाई कसरी रोक्ने भन्नेका साथै संगठनात्मक विषयमा छलफल हुने बताइएको छ ।

निर्वाचन आयोगले एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीलाई हिजो बुधबार आधिकारिकता दिएको थियो ।

प्रतिक्रिया