सलमानले चलाइरहेकाे अमिताभको ‘रोल्स रोय’ कार प्रहरीको नियन्त्रणमा


मुम्बई – बलिउड अभिनेता अमिताभ बच्चनको एक ‘रोल्स रोय’ कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेङ्लोरको परिवहन विभागका अधिकारीहरुले अमिताभको कारसहित दशभन्दा बढी फेरारी र पोर्श जस्ता बिलासी कारलाई नियन्त्रणमा लिएको हो ।

विभागले यी नियन्त्रणमा लिइएका कारहरुले सडक कर नतिरेका कारण नियन्त्रणमा लिइएको जनाएको छ । अमिताभको गाडी सलमान खान नाम गरेका एक व्यक्तिले चलाइरहेका थिए । ३५ वर्षका उनी वसन्तनगरमा बस्छन् । सलमानका पिताले अमिताभबाट यो कार किनेका थिए ।

अमिताभलाई यो कार निर्माता विधु विनोद चोपडाले सन् २००७ मा उनको फिल्म ‘एकलव्य’ हिट भएपछि उपहार स्वरुप दिएका थिए । अमिताभले यो गाडी सन् २०१९ मा यूसुफ शरीफ उर्फ डी बाबूलाई बेचेका थिए । अमिताभले कार बेचे पनि कारको नामसारी भएको थिएन ।

बाबूका अनुसार यो कारलाई उनको परिवारका सदस्य आइतबार प्रयोग गर्छन् । विभागले कारको कागजात बुझाएपछि मात्र कार फिर्ता गर्ने जनाएको छ । विभागले कार बिक्रीको एघार महिनापछि कारको नामसारी गर्न नमिल्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया