काबुल विमानस्थलबाटै विमान अपहरण, इरानतर्फ लगिएको मन्त्रीको दाबी


काबुल – अफगानिस्तानको राजधानी काबुलमा एउटा विमान ‘अपहरण’मा परेको छ ।

युक्रेनबाट विभिन्न देशका नागरिकहरुलाई उद्धारका लागि गएको युक्रेन इन्टरनेशनको उक्त विमानलाई अपहरण गरेर इरानतर्फ लगिएको बताइएको छ ।

काबुलस्थित विमानस्थलमा विमान अवतरण गरेपछि केही व्यक्तिहरुले विमानलाई कब्जामा लिएर मंगलबार इरान लगेको युक्रेनका एक मन्त्रीले जानकारी दिएको समाचार आजतकले प्रकाशित गरेको छ । ।

युक्रेन सरकारका डेपुटी विदेशमन्त्री येन्भेंगी येनिनले दिएको जानकारीअनुसार काबुलमा अज्ञात व्यक्तिहरुले अपहरण गरि मंगलबार इरानतर्फ लगेको बताइएको छ ।

आफ्ना नागरिकको उद्धारका लागि काबुल पठाइएको उक्त विमान अपहरणपछि पनि युक्रेनले आफ्ना नागरिकको उद्धारकार्य जारी राखेको छ । अझै पनि अफगानिस्तानमा १०० भन्दा बढी युक्रेनी नागरिक रहेको जनाइएको छ ।

नेटोको साथमा अमेरिकी सेनाले काबुल विमानस्थलबाट अन्य देशका नागरिकहरुलाई उद्धारका लागि सहयोग गरिरहेको छ ।

प्रतिक्रिया