निर्वाचन आयोगले ‘एकीकृत समाजवादी’ पार्टी सनाखतका लागि तोक्यो समय


काठमाडौं – निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुको सनाखतका लागि बुधबारको समय तोकिदिएको छ । माधव कुमार नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिएका छन् ।

भोलि साढे ११ बजेदेखि २ बजेसम्म २२ जना सांसद र २८ जना केन्द्रीय सदस्य उपस्थित भएर सनाखत गर्नुपर्नेछ । राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार दल दर्ताका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत हुनुपर्छ ।

अध्यादेश अनुसार २० प्रतिशत बनाउन २०३ सदस्यीय एमाले केन्द्रीय सदस्यको ४१ जना पुर्‍याउनु पर्छ । नेपालले नयाँ दल दर्ताका लागि ५७ केन्द्रीय सदस्यहरुको नामावली निर्वाचन आयोगमा बुझाएका छन् । सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया