एमाले ९ नेताको निष्कर्ष, ‘१० बुँदे प्रस्ताव कार्यान्वयन नहुँदा पार्टी फुट्यो’


काठमाडौं — नेकपा एमालेका नौ जना नेताले १० बुँदे सहमति कार्यान्वयन नहुँदा पार्टी फुटेको निष्कर्ष निकालेका छन् ।

एमाले नेताहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्तले संयुक्त विज्ञप्ति जारी गरी दुवै पक्षका कार्यदलका नेताहरुले सिफारिस गरेको १० बुँदे प्रस्ताव कार्यान्वयन नगर्दा पार्टी फुटेको बताएका हुन् ।

उनीहरुले पार्टीलाई विभाजन र तहसनहस हुनबाट बचाउन यसअघि कार्यदलस्तरमा भएको १० बुँदे सहमतिको तत्काल कार्यान्वयनमा जोड दिएका छन् ।

पार्टी अध्यक्ष केपी ओलीलाई अधिकतम् लचिलो हुँदै वरिष्ठ नेता माधवकुमार नेपाल लगायत १४ जनालाई गर्ने भनिएको कारबाही तत्काल फिर्ता लिन पनि उनीहरुले आग्रह गरेका छन् ।

उनीहरुले पार्टी विभाजनले कसैकोपनि हित नगर्ने भएकोले अलग पार्टी दर्ताको प्रक्रियामा संलग्न नेता र कार्यकर्ताहरुलाई त्यस्तो प्रक्रिया रोकी पार्टी एकताको लागि तत्पर हुन अनुरोध समेत गरेका छन् । उनीहरुले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश फिर्ता हुनुपर्ने माग समेत अघि सारेका छन् ।

No description available.

No description available.

प्रतिक्रिया