

केही सफल म्युजिक भिडियोपछि ‘पर्खी बसेँ २’मा पल र मालिकाको जोडी !

काठमाडौं – पछिल्लो समय म्युजिक भिडियोमा रुचाइएको जोडी मध्यमा पर्दछन् पल शाह र मालिका महत । ‘फूलबुट्टे सारी’ र ‘टाढा भए पनि’ बोलको गीतमा दर्शकले दुवैको जोडी निकै रुचाएका छन् ।
भिडियोमा रुचाइएको यो पल र मालिकाको जोडी फिल्ममा पनि देखिने भएका छन् । गोपीकृष्ण मुभिजले बनाउन लागेको फिल्म ‘पर्खी बसेँ २’ मा दुवैको अभिनय रहनेछ । गोपीकृष्णले केही दिनमै दुवैसँग फिल्मको बिषयमा सम्झौता गर्ने जनाएको छ । पल र मलिकाले भने फिल्मको विषयमा अहिलेसम्म मुख खोलेका छैनन् ।
‘पर्खी बसेँ २’ गोपीकृष्ण मुभिज र हिमालय फिल्मस्को ब्यानरमा बन्न लागेको हो । केही अगाडि घोषणा भएको फिल्म ‘पर्खी बसेँ’को सिक्वेलको रुपमा बन्न लागेको हो । फिल्म सौरभ चौधरीले निर्देशन गर्दैछन् ।
‘पर्खी बसेँ’ २०६५ मा निर्माण भएको हिट फिल्म हो । निखिल उप्रेती, राज बल्लभ कोइराला र युना उप्रेतीको मुख्य भुमिका रहेको फिल्म प्रेमकथामा बनेको थियो । फिल्ममा दीपक श्रेष्ठको निर्देशन रहेको थियो ।

