गएराति चितवनको एक घरमा ५ तोला सुन र ५० हजार नगद चोरी


काठमाडौं – गएराति चितवनको कालिका नगरपालिका–६ स्थित एक स्थानीयको घरबाट ५ तोलो सुन र ५० हजार नगद चोरी भएको छ। स्थानीय अर्जुन हुमागाईंको घरबाट गएराति चोरी भएको हो।

हुमागाईंका अनुसार घरमा रहेका दराजको चापी फुटालेर त्यहाँ रहेको ५ तोला सुन र ५० हजार नगद चोरी भएको हो। राति दुई बजेमात्र चारी भएको थाहा पाएको उनले बताए।

घरमा चोरी भएको थाहा पाएपछि राति नै प्रहरीलाई बोलाइएको भए पनि अहिलेसम्म चोरी गर्नेको पहिचान खुल्न सकिरहेको छैन। यस विषयमा अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।

हुमागाईको भनाई जस्ताको तस्तै

बुबा सुत्ने कोठाको दराजमा सुन र पैसा थियो। बुबा बिरामी हुनुहुन्थ्यो। दुई दिन अघिमात्र अस्पतालबाट ल्याएका हौं। औषधी खाएपछि बुबा मस्त निदाउनु भएछ।

सोही मौकामा चोरले दराजको चापी फुटाएर सुन र पैसा चोरेछ। बाहिरी कोठामा बुबा सुत्नु हुन्थ्यो। बुबा बिरामी भएका कारणले गर्दा म आफैले बुबालाई कोठाको चुक्कुल नलगाई सुत्न भनेको थिएँ।

त्यसैले चोरलाई कोठाभित्र पस्न सजिलो भएछ। घटनाबारे प्रहरीलाई खबर गरेका छौं। सम्भवतः प्रहरीले छिट्टै चोरलाई समातेर हाम्रो धनमाल फिर्ता गरेर हामीलाई न्याय दिने आशा छ।

प्रतिक्रिया