राप्रपा अध्यक्ष थापा र विप्लवबीच भेटवार्ता


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका नेताहरु र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुविच भेटवार्ता भएको छ।

शुक्रबार नेकपाका महासचिव नेत्रविक्रम चन्द’ ‘विप्लव’ र राप्रपाका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको नेकपाका नेता प्रकाण्डले जानकारी दिए।

नेकपा र राप्रपाका नेताहरुबीचको भेटवार्तापछि नेता प्रकाण्डले सामाजिक संजालमा तस्बिर शेयर गर्दै सोबारे जानकारी दिएका हुन् । यद्यपि भेटवार्तामा भएको कुराकानीबारे उनले केही बताएका छैन्।

गत असार अन्तिमदेखि राजधानीमा भेटवार्तालाई तिब्रता दिँदै आएका नेकपा महासचिव विप्लवले पछिल्लो समय शीर्षस्थ नेताहरुसँग भेटवार्ता गर्दै आएका छन् ।

प्रतिक्रिया