नेपाल प्रहरीमा एआईजीको दरबन्दी थपियो, डिआईजी पोखरेल आईजी हुने निश्चितप्रायः


काठमाडौं– नेपाल प्रहरीमा सरकारले एक अतिरिक्त महानिरिक्षक (एआईजी) थप्ने निर्णय गरेको छ।

एआईजीसहित पाँच प्रहरी नायव महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गरेको छ। अहिले तीन एआईजीको प्रावधान थियो। एक एआईजी दरबन्दी थप भएसँगै बरिष्ठताको हिसाबमा विश्वराज पोखरेल एआईजीमा बढुवा हुनासाथ आगामी प्रहरी महानिरिक्ष (आईजी) हुने निश्चितप्रायः भएको छ।

गृह मन्त्रालयले दरबन्दी थपको पत्र बिहीबार प्राप्त भएको जानकारी दिएको छ। मन्त्रिपरिषद बैठकले दरबन्दी थपको निर्णय गरेको भए पनि सोमबार स्वीकृत भएको थियो। योसँगै नेपाल प्रहरीमा प्राविधिक बाहेक ४ एआईजी हुनेछन्।

डीआईजीको संख्या जनपदथर्फ नै १९ पुगेको छ। गत चैतमा मात्रै सरकारले १२ डीआईजीको दरबन्दी कटौती गरेको थियो। अब थपिएका एआईजी मध्ये महानगरीय प्रहरी कार्यालयमा एक जना हुनेछन्। 

प्रतिक्रिया