मन्त्रिपरिषद् बैठक बस्दै, थपिएला एआईजीको दरबन्दी?


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक शुक्रबार दिउँसो ३ बस्नेछ।

मन्त्रिपरिषदको बैठक बोलाएका प्रधानमन्त्री देउवा शुक्रबारबाट अब सबै कार्यक्रममा सहभागिता जनाउने उनको सचिवालयले जनाएको छ।

बैठकमा कोरोना महामारी, कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेको सिफारिसको विषयमा छलफल केन्द्रित हुने एक मन्त्रीले जानकारी दिए।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएको भन्दै सीसीएमसीले १३ बुँदे सिफारिस गरेको थियो।

यस्तै नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्नेबारे पनि छलफल हुने ती मन्त्रीले बताए। ‘बैठकको एजेण्डामा एआईजी दरबन्दी थपको प्रस्ताव नभएपनि छलफल हुनसक्ने सम्भावना रहेको छ,’ ती मन्त्रीले भने।

गत शनिबारदेखि राजनीतिक भेटघाट स्थगित गरेर आइसोलेसनमा बसेका प्रधानमन्त्री देउवा शुक्रबारबाट नियमित काममा फर्किएका हुन्।

प्रतिक्रिया