प्रहरीमा आगामी नेतृत्वको एकल दाबेदारीमा एआईजी पोखरेललाई यसरी पुग्यो चोट

अघिल्लो पटक रिक्त एउटा पदको स्पर्धामा नै थिए थापा


काठमाडौंआगामी बर्ष नेपाल प्रहरीको प्रमुख पद रिक्त भएपछि एकल दाबेदारीमा थिए प्रहरी अतिरिक्त महानिरिक्षकएआईजी_ विश्वराज पोखरेल। आफू भन्दा अघिल्लो ब्याचका प्रहरी अधिकारीलाई छिचोल्दै बढुवा हुँदै प्रहरी महानिरिक्षकआईजी) मा एकल दाबेदारी बनाएर ढुक्क बसेका उनका लागि अब प्रतिस्पर्धा चर्को हुनसक्ने देखिएको छ।

हालै मात्र सरकारले थपेको एउटा एआईजीको दरबन्दीमा उनका ब्याची सहकुलबहादुर थापाको बढुवा भएको छ।

गृह मन्त्रालयको सिफारिसका आधारमा थापाको बढुवा नै पोखरेलको दाबेदारीका लागि चुनौति हो। एकल स्पर्धामा नै आईजी बन्ने उनको सपनामा भने चोट लागेको छ। यद्यपि, थापाभन्दा उनी एआईजी बढुवामासिनियर हुन्।

जसरी अघिल्ला ब्याचलाई उछिन्दै पोखरेल एआईजीको पदसम्मसोलिड पोजिशन बनाउन खाली स्पेशबाट छिरेका थिए त्यसरी नै उनीसँगको स्पर्धामा पुगेका थापा सरकारले थपेको दरबन्दीमासिनियरलाई उछिन्दै बढुवा भए।

यी दुई जना एआईजीबीच आगामी प्रहरी नेतृत्वमा दाबी प्रतिस्पर्धा तिब्र देखिनेछ। दुवै जनाको बढुवाको प्रकृतिले त्यहि अनुमान गर्ने सुविधा दिन्छ, एक जना पूर्वएआईजी भन्छन्,‘तर थापाको बढुवाले यहि सरकार रहेको खण्डमा पोखरेलको आईजी बन्ने सपनामा चोट लाग्न सक्छ। उनी सरकारले जबरजस्त थपेको एआईजीको दरबन्दीमा उक्लिएका छन्।

प्रहरीका कतिपय अधिकारीको पूर्वानुमान पनि यहि प्रकृतिको छ। एक जना पूर्वडिआईजी भन्छन्, ‘सरकारलाई अहिले एआईजीको खाँचो थियो त ? पोखरेलको बढुवा हुँदा पनि केही विवादीत विषयको चर्चा भएको थियो। त्यसलाई टार्न पनि यो बढुवा भएको हो।

त्यसो पोखरेलको बढुवा हुनुपूर्व पनि थापा उक्त पदका प्रतिस्पर्धी थिए। तर उच्च तहको राजनीतिक लविङका आधारमा पोखरेल एआईजीमा बढुवा गरिएको भनी विवादास्पद विषयहरु सतहमा आएका थिए।

तर एआईजी बढुवाको विषय मन्त्रिपरिषदको निर्णयका आधारमा हुने भएकाले प्रहरी प्रधान कार्यालयको भूमिका यसमा सहायक मात्र रहेको कतिपयको बुझाई छ। तर प्रधान कार्यालय उच्च स्रोत भन्छ,‘प्रहरी अधिकारी आउने उत्तराधिकारी संगठनका लागि को राम्रो पद्दती बसाउने भन्ने विषयमा प्रधान कार्यालयले राय अडान लिन सक्नुपर्ने थियो। त्यो हुन सकिरहेको छैन।

यद्यपि केही बर्षदेखि पोखरेलको अस्वभाविक बढुवा प्रतिस्पर्धाविहीन प्रमुख बन्ने विषयका चर्चाकाबीच थापालाई एआईजी बनाउने सरकारको निर्णयले भने प्रहरी संगठनभित्र नयाँ तरङ्ग बहस छेडेको छ। आईजी शैलेश थापा क्षत्रीको अवकासपछि आईजीमा दुई जनाको स्पर्धा अब निश्चित बनिसकेको छ।

प्रतिक्रिया