
इन्टरनेट सेवासहित यी २५ क्षेत्रमा हड्ताल निषेध (सूचीसहित)
काठमाडौं – सरकारले इन्टरनेट सेवासहित २५ क्षेत्रमा हड्ताल निषेध गरेको छ । त्यसम्बन्धील गृह मन्त्रालयको सूचना नेपाल राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।
आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी २५ क्षेत्रमा बन्द हड्ताल गर्न निषेध गरिएको सूचनामा उल्लेख छ ।
सूचनामा लेखिए अनुसार सञ्चार, इन्टरनेट सेवा, बैंकिङ, बीमा र विद्युत्, भेटेरिनरी, राहदानी विभाग र कन्सुलर सेवा विभाग लगायतका क्षेत्रमा पनि हड्ताल निषेध गरिएको छ ।
डाँक, तार वा टेलिफोन सेवामा हड्ताल गर्न पाइँदैन । यसैगरी जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने सेवामा पनि बन्दहड्ताल निषेध गरिएको छ ।






कागजपत्र |
