
जंगलबाट ४३० किलो गाँजा र मोटरसाइकल बरामद
काठमाडौं — सुनसरीबाट चार सय ३० किलो गाँजासहित एक मोटरसाइकल बरामद भएको छ ।
जिल्लाको बराहक्षेत्र नगरपालिका(०२ स्थित पटनाली जंगलबाट ४ सय ३० किलो लागुऔषध गाँजा सहित एक मोटरसाइकल बरामद भएको छ ।
प्रहरी टोलीले को २४ प ६७४ नम्बरको मोटरसाइकल र १५ वटा प्लास्टिकका बोरामा राखिएको ४३० किलो गाँजा बरामद गरेको हो ।
प्रहरी टोली पुगेको थाहा पाएपछि संलग्न व्यक्ति फरार भएका थिए । बरामद गाँजा र मोटरसाइकल इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीमा राखिएको छ भने फरार व्यक्तिको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



कागजपत्र |
