

बलुचिस्तानमा फेरि भेटियो १ ट्रिलियनको सुन र तामाको विशाल भण्डार

बलुचिस्तान -पाकिस्तानको नेशनल रिसोर्सेस लिमिटेडले बलुचिस्तानको चगाई जिल्लामा सुन र तामाको ठूलो भण्डार फेला परेको पुष्टि गरेको छ।
पछिल्ला १८ महिनामा कम्पनीले ५०० वर्ग किलोमिटर क्षेत्रको अन्वेषण गरेको थियो, जसमा १६ सम्भावित खानी स्थल पहिचान गरिएको जनाएको हो ।
यो क्षेत्र रेकोडिक, सनकजस्ता खानीका लागि पनि प्रसिद्ध छ । तर, अहिले नयाँ विष्कारले विश्वव्यापी लगानीकर्तालाई आकर्षित गरेको छ । यसले यस क्षेत्रको आर्थिक अवस्था बलियो बनाउन मद्दत गर्ने जनाइएको छ ।
रेको डिक माइन संसारको सबैभन्दा ठूलो परियोजनाहरू मध्ये एक हो। यो परियोजना बलुचिस्तानको चगाईमा सुरु भएको हो। नयाँ खोज अनुसार कम्पनीले थप ५ अर्ब ९ करोड टन फेला पारेको छ । यसको अनुमानित मूल्य ५०० बिलियन देखि १ ट्रिलियन अनुमान गरिएको छ। यसमा यति धेरै सुन र तामा भरिएको छ कि यसलाई ५० वर्षसम्म निकाल्न सकिन्छ।
नेशनल रिसोर्सेस लिमिटेड (एनआरएल) को प्रतिवेदन अनुसार खानीबाट वर्षेनी १५ हजार ८ सय टन तामा, १ दशमलव ४७ टन सुन र २ दशमलव ७६ टन चाँदी निकाल्न सकिन्छ । यसको मूल्य ५० देखि १०० बिलियन सम्म हुन सक्छ।
बलुचिस्तान खनिजमा धनी भएतापनि यो प्रान्त अझै पनि पाकिस्तानको गरिब र पृथक भागहरूमा गनिन्छ। यसका धेरै कारणहरू छन् । अन्य प्रदेशले खनिज सम्पदाको फाइदा उठाउने गरेको स्थानीयको आरोप छ । बलुच राष्ट्रवाद र पृथकतावादी आन्दोलनहरूले मानिसहरूलाई विकास खनिजहरू प्रयोग गर्न निषेध गरेका छन भने स्वास्थ्य, शिक्षा, खानेपानीजस्ता सुविधा नगण्य रहेका छन् ।

