राजस्थानलाई पराजित गर्दै गुजरातकाे चाैथाे जीत


काठमाडौं – गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ५८ रनले पराजित गरेको छ ।

यो जितसँगै गुजरातले ५ खेलबाट ८ अंक जोडन सफल भएको छ भने राजस्थान सातौं स्थानमा झरेको छ ।

गुजरातको यो चौथो जित हो भने राजस्थानको ५ खेलमा तेस्रो हार हो । गुजरातको जितमा ओपनर साई सुदर्शनको महत्वपूर्ण योगदान रहन गयो । साई सुदर्शनले उत्कृष्ट अर्धशतक बनाए भने यस आईपीएलमा साईको यो तेस्रो अर्धशतक हो ।

गुजरात टाइटन्सले दिएको २१८ रनको लक्ष्य पछ्याउन आएको राजस्थान रोयल्स ४ बल बाँकी रहँदा १५९ रनमा अलपत्र परेको थियो । राजस्थानका लागि शिमरोन हेटमायरले ५२ रन बनाए भने कप्तान सञ्जु सामसनले ४१ रनको इनिङ खेलेका थिए । र, रियान पराग २६ रन बनाएर आउट भए ।

राजस्थानका ३ ब्याट्सम्यानले मात्र दोहोरो अंक छुन सकेका छन् ।  गुजरातका लागि तेज बलर प्रसिद कृष्णले सर्वाधिक ३ विकेट लिए भने राशिद खान र आर साई किशोरले २–२ विकेट लिएका छन् ।

प्रतिक्रिया