‘छक्का पञ्जा ५’ को ट्रेलर सार्वजनिक [भिडिओ]


काठमाडौं- फिल्म ‘छक्का पञ्जा ५’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्म रिलिजको पाँच दिनअघि आज बेलुका ट्रेलर सार्वजनिक गरिएको हो ।

यस श्रृंखलामा पनि दीपकराज गिरी राजा पात्रको भूमिकामा छन्। केदार घिमिरे माग्ने बुढाको भूमिकामा छन् । शीर्ष अभिनेत्रीको भूमिकामा वर्षा सिवाकोटी छिन् । यस शृंखला कर्मचारीतन्त्र र राजनीति वरपर घुमेको सार्वजनिक ट्रेलरबाट बुझ्न सकिन्छ ।

फिल्ममा दीपकराज, केदार र वर्षाका साथमा निर्मल शर्मा, राजाराम पौडेल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा, उत्तम केसी, ब्रजेश खनाल, हिउँवाला गौतम, नवीन श्रेष्ठ, दमन रूपाखेती, लोकेन्द्र लेखक लगायत कलाकारहरूको अभिनय छ ।

‘छक्का पञ्जा’ को यो शृंखलालाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।

प्रतिक्रिया