कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि


काठमाडौं- एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णाली यश्विजले जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा शनिबार सम्पन्न फाइनल खेलमा कर्णाली यश्विज ललितपुर क्विन्सलाई ३–२ को सेटमा पराजित गरेको हो।

सुरुआतका दुई सेट २५–१७ र २५–२० ले आफ्नो पक्षयमा पारेको कर्णालीले त्यसपछि लगातार दुई सेट गुमाएपछि खेलको निर्णय पाँचौँ सेटबाट पुगेको थियो ।

पाँचौँ सेटमा १५–१३ ले जित हासिल गर्दै कर्णली च्याम्पियन बनेको छ । कर्णालीले यस प्रतियोगिताका सबै खेलमा जित हासिल गर्दै च्याम्पियन बनेको हो ।

प्रतिक्रिया