झलनाथ खनालले मागे प्रधानमन्त्री ओलीको राजीनामा


काठमाडौँ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

शनिबार काठमाडौंको बल्खुमा बाढीपीडितलाई खाद्यान्न वितरण कार्यक्रममा खनालले सरकारले प्राकृतिक विपत्तिको तयारी राम्रो हुन नसक्दा ठूलो धनजनको क्षति भएको र जनता समस्यामा परेको भन्दै वर्तमान सरकारले राजीनामा दिनुपर्ने बताए ।

उनले अहिले सरकार भएको आभाष नभएकाले जनताले आफ्नो सरकार बनाउने बाटो खुल्ला गर्नुपर्ने जिकिर गरे । अहिलेको सरकार पूर्णरुपमा फेला भएकाले विपक्षीमा रहेका दलहरू अघि बढेर काम गर्नुपर्ने उनको भनाइ छ ।

खनालले मौसमविद्हरूले ठूलो बर्षा हुनसक्ने जानकारी गराउँदा पनि त्यसको तयारी सरकारले बेलैमा राम्रो ढंगले गर्न नसक्दा ठूलो धनजनको क्षति भएको भएको जिकिर गरे ।

खनालले सरकारले गरेको लापरबाहीको कारण जनता समस्यामा परेको उल्लेख गरे । ​

उनले प्राकृतिक विपदपछि पार्टीको सम्पूर्ण जनशक्ति जनतामा केन्द्रित गरेको बताए ।

प्रतिक्रिया