महाभियोग दर्तापछि सभामुख सापकोटाद्वारा सर्वदलीय बैठक आह्वान


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाको सचिवालयका अनुसार भोली (सोमबार) दिउँसो २ बजे बैठक बोलाइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि सभामुख सापकोटाले बैठक बोलाएका हुन् ।

सोमबार निर्धारित प्रतिनिधिसभा बैठक भने ४ फागुनका निम्ति स्थगित गरिएको छ ।

प्रधानन्यायाधीश जबराविरुद्ध सत्ता गठबन्धनका सांसदले महाअभियोग दर्ता गरे लगतै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सचिवालय र दलको बैठक बोलाएका छन् ।

प्रधानन्यायाधीश जबराविरुद्ध सत्ता गठबन्धनका ९८ जना सांसदहरुकाे हस्ताक्षर सहित आज बिहान महाअभियोग दर्ता गरेका हुन् ।

 

प्रतिक्रिया