प्रधानमन्त्री प्रचण्डकी नातिनी स्मिताको नयाँ गीत– ‘ज्यानमाया’ [भिडियोसहित]


काठमाडौं-  गायिका स्मिता दाहालको नयाँ गीत ‘ज्यानमाया’ सार्वजनिक भएको छ । गीतमा नवराज ढुङ्गानाको शब्द, दीपक शर्माको सङ्गीत रहेको छ । गीतको भिडिओमा प्रियङ्का कार्की, कविता नेपाली, सरोज वलीलगायतको अभिनय छ ।

श्यामस्वेत रसाइलीले एरेन्ज गरेको गीतको भिडियो छायाङ्कन र सम्पादन पवन सुस्लिङले गरेका हुन् । भिडिओको निर्देशन गम्भीर विष्टले गरेका छन् ।

गायिका स्मिता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी  हुन् ।

प्रतिक्रिया