यी हुन् ‘०’ र सबैभन्दा बढी बेरुजु देखिएका ‘टप-५’ स्थानीय तह !

५ मा शुन्य बेरुजु हुँदा हजार रुपैयाँभन्दा कम बेरुजु हुने ६ स्थानीय तह, भरतपुर महानगरमा जम्मा ५१५ बेरूजु


काठमाडौं – महालेखा परिक्षकको कार्यालयले ६१ औं प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षभन्दा बेरुजुको रकम बढी देखिएको छ । कार्यालयको प्रतिवेदन अनुसार यसपटक बेरुजु बढेर ६ खर्ब ६९ अर्ब माथि पुगेको छ।

यस किसिमको तथ्यांक सार्वजनिक गरिरहँदा देशभरका ५ स्थानीय तहमा कुनै पनि बेरुजु देखिएको छैन ।

प्रतिवेदन अनुसार ताप्लेजुङको पाथिभरा याङवर गाउँपालिका, पाँचथरको याङवरक गाउँपालिका, काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका, धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका र ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा कुनै पनि बेरुजु रकम देखिएको छैन भने यी बाहेक अन्य ६ स्थानीय तहमा १ हजार भन्दा कम रुपैयाँ बेरुजु देखिएको छ ।

महानगरपालिकामा सबैभन्दा कम बेरुजु भरतपुरमा देखिएको छ । भरतपुरमा जम्मा ५१५ रुपैयाँ बेरुजु देखिएको छ । त्यस्तै पर्वतको महाशिला गाउँपालिकामा ९३१ रुपैयाँ, सर्लाहीको विष्णु गाउँपालिकामा ८०८ रुपैयाँ, नुवाकोटको म्यगङ गाउँपालिकामा ५६४ रुपैयाँ, नेत्रावत्री डबजोङ गाउँपालिका ४२५ रुपैयाँ र मुस्ताङको लोमन्थाङ गाउँपालिकामा ५६ रुपैयाँ बेरुजु देखिएको छ ।

त्यस्तै सबैभन्दा बढी बेरुजु चाहिँ मधेश प्रदेशको सिराहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकामा देखिएको छ । लक्ष्मीपुर पतारीमा २५.३५ प्रतिशत बेरुजु देखिएको छ भने त्यसपछि रौतहटको कटहरिया नगरपालिकाः १२.९२ प्रतिशत, सिराहाको लहान नगरपालिका १२.७६ प्रतिशत, रौतहट गढीमाई नगरपालिका १२.६३ प्रतिशत र बलवा नगपालिका महोत्तरी ११.८५ प्रतिशत बेरुजु देखिएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनअनुसार १३ वटा पालिकाको १० प्रतिशतभन्दा धेरै बेरुजु छ।

प्रतिक्रिया