

गौतमबुद्ध विमानस्थल अध्ययन उपसमितिकाे संयोजकमा मञ्जु खाँण

काठमाडाैं- सार्वजनिक लेखा समितिको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन उपसमितिको संयोजकमा नेपाली कांग्रेसकी सांसद मञ्जु खाँण चयन भएकी छन्। आइतबार बसेको उपसमितिको बैठकले सहमतिमा खाँणलाई नयाँ संयोजक तोकेको हो।
यसअघि नेकपा (एमाले) का सांसद तथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई उपसमितिको संयोजक थिए । भट्टराईले वैशाख २१ गतेको सार्वजनिक लेखा समितिको बैठकमा आफू पूर्वमन्त्री भएकाले निष्पक्षता र प्रतिवेदनको विश्वसनीयतामा प्रश्न उठ्न सक्ने भन्दै संयोजक पदबाट इजलासै नबस्ने निर्णय घोषणा गरेको थिए ।
उनको राजीनामापछि आइतबारको उपसमितिको पहिलो बैठकले अध्ययन भ्रमणका लागि भैरहवा विमानस्थल अवलोकन गर्ने निर्णयसमेत गरेको छ। सो बैठकमा एमाले सांसद भट्टराई र रास्वपाका सांसद मनिष झा अनुपस्थित थिए ।
उपसमितिले भट्टराई नेतृत्वमा तयार पारिएको प्रारम्भिक प्रतिवेदनलाई पनि समीक्षा गरी असल अभ्यास र त्रुटि–अनियमितता पहिचानमा सुधार गर्नेछ ।

