


बालेनले लेखे चलचित्र सेन्सर बोर्डलाई पत्र, दिए ४ बुँदे सुझाव (पत्रसहित)

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले चलचित्र सेन्सर बोर्डलाई एक पत्र लेखेका छन् । मेयर बालेनले महानगरको तर्फबाट नेपालको स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउन अनुरोध गर्दै पत्र लेखेका हुन् ।
‘चलचित्र विकास बोर्ड अन्तर्गत रहेको चलचित्र जाँच समितिले ‘चलचित्र (निर्माण, प्रदर्शन र वितरण) ऐन २०२६’ को दफा ७ को उपदफा (३) बमोजिम ‘चलचित्र जाँच समितिको कार्यविधि, २०७४’ कार्यान्वयनमा ल्याइ चलचित्र जाँच सम्बन्धी कार्यलाई एकरूपता दिई जबाफदेही र पारदर्शी बनाउने कार्यलाई निरन्तरता दिइरहेको छ’, पत्रमा अगाडि भनिएको छ, ‘यस निकायले गर्दै आएको कार्यले चलचित्रबाट समाजमा पर्ने नकारात्मक प्रभाव कम गर्नको लागि गरेको कामको लागि म व्यक्तिगत तर्फ र यस महानगरपालिकाको तर्फबाट धन्यवाद दिन चाहन्छु ।’
बालेनले चलचित्रले समाजमा पार्ने सकारात्मक प्रभाव उल्लेखनीय रहेको भन्दै चलचित्रको निर्माण तथा प्रदर्शनमा महानगरको सकारात्मक साथ रहने समेत बताएका छन् । उनले बोर्डलाई ४ बुँदे सुझाव समेत दिएका छन् ।

