हराइरहेका पत्रकार ढकाल मृतावस्थामा फेला


काठमाडाैं – पत्रकार प्रकाश ढकालको शव धादिङको कृष्णभीरमा भेटिएको छ। उनी गत शुक्रबारदेखि सम्पर्कविहीन थिए।

लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष गीता थापा, प्रहरी र पत्रकारसहितको टोलीले आज कृष्णभीरको मुनि खोल्सामा अड्किरहेको अवस्थामा उनको शव फेला पारेको हो।

त्रिशूलीमा र्‍याफ्टिङ गरिरहेका एक व्यक्तिले शव देखेर प्रहरीलाई खबर गरेपछि प्रहरी गएर शव पहिचान गर्दा उक्त शव ढकालको भएको पुष्टी भएको थियो ।

पत्रकार ढकाल तिहारको बिदामा स्याङ्जाको चापाकोटस्थित घर गएका थिए। भाइटीका मनाएर बिहीबार उनी घरबाट हिँडेका उनी शुक्रबार १ बजेदेखि सम्पर्कविहीन भए। त्यसपछि उनको खोजबिन सुरु भएको थियो।

ढकालको दुई वर्षअघि श्रीमतीसँग पारपाचुके भएको थियो। उनीहरूका दुई सन्तान छन्। उनी विगत सात वर्षदेखि लालीगुराँस डटकम नामक अनलाइनमा संवाददाताका रुपमा कार्यरत थिए।

 

प्रतिक्रिया