चितवनमा पोथी बाघ मृत फेला


चितवन – चितवनको मेघौलीस्थित एक सामुदायिक वनमा पोथी बाघ मृत फेला परेको छ ।

निकुञ्जका अनुसार हरियाली मध्यवर्ती सामुदायिक वनमा अन्दाजी सात वर्षको पोथी बाघ मृत अवस्थामा भेटिएको हो ।

शरीरका विभिन्न ठाउँमा घाउ चोटहरु रहेको अवस्थामा मृत भेटिएको बाघ जुधेको हुन सक्ने अनुमान निकुञ्जले गरेको छ ।

चितवन निकुञ्ज र यस आसपासका वन क्षेत्रमा १२८ बाघ रहेको पछिल्लो सर्वेक्षणले देखाएको छ ।

प्रतिक्रिया