अष्ट्रेलियामा सुगमको बितण्डाः स्टेजबाटै दर्शकमाथि माइक प्रहार !


काठमाडौं – गायक सुगम पोखरेलले दर्शकलाई माइक प्रहार गरेका छन् । सांगीतिक कार्यक्रमको सिलसिलामा अष्ट्रेलियामा रहेका उनले दर्शकलाई माकइले हानेका हुन् ।

सुगमले दर्शकलाई माइकले हानेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अष्ट्रेलियामा आयोजना भएको एक सांकृतिक कार्यक्रममा गीत गाउन स्टेजमा उक्लिएका थिए गायक पोखरेल ।

उनी सुरुमा दर्शकसँग कुराकानी गरिरहेको सार्वजनिक भएको भिडियोमा देख्न सकिन्छ । दर्शकले उनलाई ‘झिल्के’ गीत गाउन आग्रह गरे । दर्शकलाई सुगमले नेपालमा भूकम्प गएको र १ सय ३३ जनाको निधन भएको भन्दै मौनधारण गर्न भने पनि धेरै दर्शक भएकोले हल्ला नरोकिएपछि गीत गाउँदै गरेको अवस्थामा उनले माइकले एक जना दर्शकलाई प्रहार गरेका हुन् । त्यसपछि उनलाई सुरक्षागार्डले समातेर स्टेज पछाडि लैजान खोजेका थिए तर सुगम फेरि स्टेज उक्लिएका थिए ।

स्टेज उक्लिएका उनले फेरि एक जना दर्शकलाई माइकले प्रहार गरे । त्यसपछि सो कार्यक्रममा तनाव सिर्जना भएको थियो । अहिले दर्शकलाई माइकले हानेका सुगमको सर्वत्र आलोचना भइरहेको छ । यस्तै गायक सुगमले सामाजिक संजाल टिकटकमा एक भिडियो सार्वजनिक गर्दै कसै नेपाली मनलाई चित्त दुखाएको भए क्षमा चाहन्छु भनेका छन् ।

 

प्रतिक्रिया