नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने


काठमाडौं – आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गतको फाइनल खेलमा टस जितेर नेपालले ब्याटिङ गर्ने भएको छ ।

कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङको निर्णय गरेका छन् ।

खेल बिहान ११ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सुरु हुनेछ । फाइनलमा पुगेका दुवै टोली विश्वकपका लागि छनोट भइसकेका छन् । नेपालले सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो भने ओमानले बहराइनलाई १० विकेटले हराएको थियो ।

यस प्रतियोगितामा नेपाल र ओमान समूह चरणको खेलमा आमनेसामने भइसकेका छन् । समूह ए अन्तरगत भएको रोमाञ्चक खेलमा ओमानले नेपाललाई ५ रनले हराएको थियो । आजको खेलमा नेपालसँग उक्त हारको बदला लिने अवसर रहेको छ ।

 

प्रतिक्रिया