


शाहरूख खान आजबाट लागे ५८ बर्ष, मन्नत बाहिरका फ्यानलाई मध्यरातमा सरप्राइज

मुम्बइ – बलिउडका किंग खान अर्थात् शाहरुख खान आजबाट ५८ वर्षका भएका छन् ।
अभिनेताको जन्मदिन उनका फ्यानका लागि पर्वभन्दा कम हुँदैन । हरेक पटक झै यस पटक पनि बलिउडका बादशाहका हजारौं फ्यान सुपरस्टारको एक झलक पाउन र उनलाई जन्मदिनको शुभकामना दिन मन्नतबाहिर ठूलो संख्यामा जम्मा भएका छन् ।
किंग खान पनि गए राति आफ्नो घरको बालकनीमा आएर फ्यानहरुलाई बधाई तथा जन्मदिनको शुभकामना दिएकोमा धन्यवाद दिएका छन्।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा मन्नतको गेटबाहिर फ्यानहरूको लाइन देख्न सकिन्छ । उनीहरुमध्ये कोही फोनबाट तस्विर र भिडियो खिचिरहेको देखिएका थिए भने कसैको हातमा किङ खानको पोस्टर थियो ।

