

चलचित्र ‘प्रकाश’ को औपचारिक घोषणा

काठमाडौं – फागुनको दोस्रो साताबाट छायांकनमा जाने योजनासहित चलचित्र ‘प्रकाश’को औपचारिक निर्माणको घोषणा भएको छ।
दिनेश राउतको निर्देशनमा बन्न लागेको यो चलचित्रमा नायक प्रदीप खड्का र रेनु योगीको मुख्य भूमिका रहने छ। यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन्। प्रदिप र रेनुका साथसाथै दिया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ निरज पन्थी लगायतका कलाकारहरुको अभिनय रहने छ।
चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन् भने राजेश श्रेष्ठले छायांकन गर्दैछन्। सम्पादन जीवन थापाले गर्न लागको यो चलचित्र कास्टिङ डिरेक्टर नाट्यकर्मी अनुप बराल हुन्। धनगढीकी रेनु योगीले यही चलचित्रबाट डेब्यू गर्दैछिन्।
कार्यक्रममा बोल्दै दिनेशले फरक फिल्म निर्माण गर्न मन लागेको कारण प्रकाश रोजिएको बताए। उनले भने,‘लभ स्टोरी भन्दा फरक फिल्म निर्माण गर्न मन लाग्यो । लभ स्टोरी भन्दा पनि बाहिरको कथामा दिनेशले फिल्म निर्माण गर्छ भन्ने देखाउनका लागि पनि यो फिल्म निर्माणमा जुटे हुँ ।’

