अनुदानमा पाएको कोभिड खोपप्रति डा.भट्टराईको टिप्पणी, ‘मागेको धोतीले मेरो लाज छोपिन्न..’


काठमाडौं – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल भित्रिन लागेको कोरोना भाइरस (कोभिड(१९) विरुद्धको खोपप्रति टिप्पणी गरेका छन्।

भारत सरकारले नेपाललाई कोरोनाविरुद्ध १० लाख डोज भ्याक्सिन अनुदानमा उपलब्ध गराउने भएपछि नेता भट्टराईले खोप पनि मागेर ल्याउनुपर्ने अवस्था आएको भन्दै टिप्पणी गरेका हुन्।

उनले कोरोनाविरुद्धको खोप मागेरै ल्याउनुपर्ने अवस्था आएको भन्दै प्रधानमन्त्री केपी ओलीको कटाक्ष पनि गरेका छन्। उनले स्वरसम्राट नारायण गोपालको स्वरमा रहेको राष्ट्रिभक्ति पुर्ण स्वदेशगानको टुक्का ‘मागेको धोतिले मेरो लास छोपिन्न’ लिएर खोपप्रति टिप्पणी गरेका छन् । विश्वनै कोरोना माहामारीबाट ग्रस्त भएको अवस्थामा उत्पादन भएको खोप खरिद गरी देशका समपुर्ण नगरीकलाई दिनुपर्नेमा सरकार पद र कुर्सिकै लागी लडिरहेको र मागेर सिमित नागरीकलाई कोरोना खोप दिन लागेकाले उनले यस्तो टिप्पणी गरेको बुझिन्छ । उनले माहामारीको समयमा खोप खरिद गर्नुको साटो प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी देशलाई अस्थिरता तिर धकेलिएकोमा ओली भाइरसको विरुद्ध पनि लड्नुपर्ने बताएका छन् ।

नेता भट्टराईले बिहीबार सामाजिक संजाल ट्टीटरमा लेखेका छन्, ‘मागेको धोतीले मेरो लाज छोपिन्न..’भन्ने गीत रेडियोमा खुबै सुनिन्थ्यो! ऐले कोरोना माहामारी विरूद्धको खोप पनि मागेर लगाउनुपर्ने अवस्था छ । नेपालको जनसंख्याको ३ प्रतिशतलाई मगेर खोप लगाउने भएपनि अब बाँकीलाई कहिलेसम्म होला, कता हात थाप्ने होला ? फेरि कोरोना सँगसँगै ओली भाइरससँग लड्नु छ !’

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना खोप बिहीबार नेपाल आइपुग्दैछ। नेपालको जनसंख्याको ३ प्रतिशतलाई पहिलो चरणको खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। पहिलो चरणमा आउने खोप कोभिड(१९ विरुद्ध अग्रपंक्तिमा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी,सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिएकालगायतलाई दिइनेछ।

प्रतिक्रिया