चलचित्र ‘जिन्दावाद’ बनाउने निश्चलको घोषणा


काठमाडौं – चलचित्र ‘जिन्दावाद’मा सौगात मल्ल र दयाहाङ राई अनुबन्धित भएका छन् । फिल्मको नायिकामा स्वस्तिमा खड्काले काम गर्ने भनिएपनि निश्चित भएकाे छैन् । अभिनेता तथा निर्देशक निश्चल बस्नेतले ‘जिन्दावाद’ नामक चलचित्र बनाउने घोषणा गरेका हुन् ।

उनले चलचित्रको स्क्रिप्ट पढ्न दिएका थिए । चलचित्रको कथा मन परेका कारण उनीहरु चलचित्रमा अनुबन्धित भएको निश्चलको भनाइ छ । जन्मदिनमा मकवानपुरको दामन पुगेर चलचित्रको घोषणा गर्दे अभिनेता सौगात र दयाहाङ अनुबन्धित भएको बताएका थिए ।

‘दुवै जनाले कथा मन पर्‍यो भन्नु भएको छ । अब उहाँहरुले चलचित्रमा अभिनय गर्ने पक्का भएको छ,’ निश्चलले भने, ‘स्वस्तिमाले अहिले स्क्रिप्ट पढिरहेकी छन् । कथा मन पराए चलचित्रको शीर्ष भूमिकामा उनी पनि अनुबन्धित हुन सक्छिन् ।’

चलचित्रका अन्य कलाकारको खोजी भइरहेको पनि उनले बताएका छन् । साहित्यकार बुद्धिसागरले लेखेको कथामा बन्ने चलचित्र निश्चलले निर्देशन गर्दैछन् । वैशाख–जेठमा चलचित्र छायाँकनमा निस्कने तयारी भइरहेको उनले बताए।

सौगातले यसअघि चलचित्र ‘मासु भात’ पनि निर्माण गरेका थिए, जुन प्रदर्शनको पखाईमा रहेको छ भने दयाहाङले पनि चलचित्र ‘माछा माछा’ निर्माण गरिसकेका छन् जुन चलचित्र गत वर्ष प्रदर्शन भैसकेको छ ।

प्रतिक्रिया