अभिनेत्री श्वेता खड्का विवादमा, माझीहरू भन्छन्– बस्ती आफैंले बनायौं, किस्ता तिर्न कठिन


काठमाडौं– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा रहेको नमूना माझी बस्ती निर्माणको विषयमा अभिनेत्री श्वेता खड्का विवादमा तानिएकी छन्।

श्वेताश्री फाउन्डेशन अन्तर्गत नमूना माझी बस्ती निर्माण गरिएको प्रयोजित प्रचार गलत रहेको स्थानीयले बताएका छन्। उक्त बस्ती निर्माणका लागि सरकारी अनुदान र बस्तीबासीले चार लाखको किस्ता तिर्नुपरेको तथ्य सतहमा आएको छ।

निर्माण पूरा नभइसकेको बस्तीका स्थानीयवासी भन्छन्,‘हामी आफैंले बनाएका हौं, किस्ता पनि तिरिरहेका छौं।’ विवरणअनुसार अभिनेत्री खड्काको फाउन्डेशनले बस्तीको नक्शा बनाउने र बाटो मात्र देखाएको स्थानीयवासीले जिकीर गरेका छन्।

‘बस्तीबासीका तर्फबाट चार लाख रुपैंयाको किस्ता श्वेताश्री फाउन्डेशनमार्फत तिर्ने वाचा गरिएको थियो। अहिलेसम्म एक रुपैंया पनि तिरिएको छैन। किस्ता आफैं तिरिरहेका छौं’, स्थानीयवासी चन्द्रमाया माझी भन्छिन्,‘सरकार र हामी आफैंले बनाएका हौं।’

अर्का स्थानीयवासी मानबहादुर माझीका अनुसार ऋण तिरिदिन्छु भन्नेले केही नगरेका कारण चित्त दुखेको छ। उनी भन्छन्,‘यो हाम्रो ऋण के गरी तिर्नु?’

यता समाजसेवाको भारी उठाउँदा आर्थिक संकटका कारण काम पूरा गर्न कठिन हुने विवरण खड्काले सामाजिक सञ्जालमा राखेकी थिइन्। भर्खरै विवाह बन्धनमा बाँधिदा भड्किलो बिहे गरेको तर माझी बस्तीको जिम्मेवारी पूरा नगरेको भनी अभिनेत्री खड्काको आलोचना भएपछि विवाद सतहमा आएको हो।

कतिपयले माझी बस्ती निर्माणका लागि गरेको सहयोग कहाँ खर्च भयो? भनेर समेत प्रश्न गरेका छन्।

प्रतिक्रिया