सशस्त्र प्रहरीद्वारा धनुषाबाट चोरीपैठारीको औषधी बरामद


धनुषा – धनुषा जिल्लाको विदेह नगरपालिका २ दुहवी स्थित सीमा ईलाकाबाट असार २७ गते सशस्त्र प्रहरीले करीव १ लाख २ हजार रुपैयाँ बराबरको चोरीपैठारीको औषधी बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल नेपाल बिओपी मैनाथपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद औषधी जनकपुर भन्सार कार्यालयमा बुझाईएको छ ।

प्रतिक्रिया