सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान


काठमाडौं – सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका नारायणदत्त पौडेललाई दर्ज्यानी चिह्नबाट सुशोभित गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा शुक्रबार आयोजित समारोहका बीच दर्ज्यानी चिह्नबाट सुशोभित गरिएको हो ।

मन्त्रिपरिषद्को आजै बसेको बैठकले पौडेललाई बढुवा गर्ने निर्णय गरेको थियो । समारोहमा सम्बोधनको क्रममा महानिरीक्षक अर्यालले पौडेललाई हार्दिक बधाई दिँदै आगामी दिनमा कार्य सफलताको शुभकामना समेत व्यक्त गरे ।

उनले फौजमा चेनअफ कमाण्ड तथा अनुशासनको महत्वमाथि जोड दिँदै राष्ट्रसेवक सशस्त्र प्रहरीहरुको बृहत्तर हितका लागि निर्णय गरि केही सुधारका कार्यहरुको सुरुवात गरि सकिएको उल्लेख गर्दै अधिकृत तहका कर्मचारीहरुले जिम्मेवारी निर्वाहको क्रममा मातहतकालाई कुशल नेतृत्व र उच्च हौसला प्रदान गर्दै राज्य प्रदत्त जिम्मेवारी निर्वाहमा लाग्न त्यसै अवसरमा सकल दर्जालाई निर्देशन दिए ।

सो समारोहमा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरु, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरूका साथै सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया