अभिनेता सूर्यालाई कोरोना संक्रमण, फ्यानहरु चिन्तित


काठमाडौं – साउथ इन्डियन अभिनेता सूर्यालाई कोरोना संक्रमण पुष्टि भएको छ । यी अभिनेतालाई कोरोना संक्रमण देखिएपछि हाल उनको उपचार भइरहेको छ ।

‘मलाई कोरोना संक्रमण भएको छ र मेरो उपचार भइरहेको छ । अहिले म ठिक छु । जीवन अहिले पनि सामान्य भइसकेको छैन । हामीले अझै पनि सुरक्षा र सावधानी अपनाउन बाँकी नै छ । यस्तो अवस्थामा मलाई साथ र सहयोग गर्नुहुने डाक्टर तथा मेडिकल स्टाफलाई विशेष धन्यवाद’, उनले ट्वीट गरेका छन् ।

सूर्याका मिल्ने साथी तथा निर्माता राजशेखर पण्डियनले पनि सूर्याको विषयमा चिन्ता नलिन फ्यानलाई आग्रह गरेका छन् । सूर्यालाई कोरोना संक्रमण भएको खबर सार्वजनिक हुनासाथ उनका फ्यानहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । उनीहरुले आफ्नो मनपर्ने अभिनेताको सिघ्र स्वास्थ्य लाभको कामना गरको छन् ।

प्रतिक्रिया